गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निशुल्क खाधान्न वितरण सम्पन्न

दूरबिन नेपाल     १० असार २०७७, बुधबार १४:००    

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निशुल्क खाधान्न  वितरण सम्पन्न

न्युयोर्क   गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्कखाध्यान्न  वितरण कार्यक्रम अन्तिम पटक मंगलवार सम्पन्न गरेको

 

क्वीन्सबोरो प्रेसिडेन्ट सारोन लि सँग सहकार्य गरी निशुल्क खाधन्न वितरण  गरिएको हो। सारोनले फाउण्डेशनलाई एक सय बक्स (प्रतिबक्स २० पाउण्ड गरि कुल दुई हजार पाउण्ड) खाधान्य उपलब्ध गराएका थिए यस्तै क्वीन्स डेमोक्र्याट नेत्री याना हेनरिक्वेजले  लिटरको माउन्टेन डिउ एक सय २० बोतल, दुई सय पाउण्ड खाध्यान्न उपलब्ध गराएकी थिईन

PlutonicTech

फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेका अनुसार प्राप्त सामाग्री नेपाली अन्य समुदाय गरि दुई सय जनामा वितरण गरिएको थियो

फाउन्डेसन को निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्यसीमखडा, यु.एन.आई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त, रेखा श्रेष्ठ, नविना श्रेष्ठ, कल्पना दाहाल, भावना सीमखडा, ईन्डीयन कम्युनिटीवाट सत्नाम लाल सिहं लगायत स्वयमसेवी रुपमा सहयोग गरेका थिए।

 

यसै कार्यक्रममा फाउण्डेशनका केन्द्रीय सदस्य राम चन्द्र अधिकारी, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, आदिवासीजनजाति महासघं अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा, कलाकार मधुर गिरी, पुष्कर बराल, रूपान्तरण मेडियाका सञ्चालक आकुरलुइँटेल, नेजससअ न्यूयोर्कका पूर्व संयोजक विनोद सुवेदी, नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुवेदि, युनाईटेड किराँतराई अर्गनाइजेसन अफ अमेरिकान्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, एन आर एन अमेरिकान्युयोर्क च्याप्टरका अध्यक्ष रामहरिअधिकारी लगायत को उपस्थिति रहेको थियो।

Bhatta Law & Associate

 

 

 

 

 

 


१० असार २०७७, बुधबार १४:०० मा प्रकाशित