नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा न्युयोर्कका १२० परिवारलाई सामग्री वितरण महामारीका बेला सहयोग गर्नेहरुप्रति आभार व्यक्त

दूरबिन नेपाल     १६ असार २०७७, मंगलवार ०३:३८    

Anil Baral Real Estate

दूरबिन नेपाल, न्युयोर्क
कोरोना महामारीका बेला नेपाली जनसम्पर्क समिति अमेरिकाले अप्रिल २१ देखि मे ३१ सम्म न्युयोर्कमा एक सय २० परिवारलाई स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ । जनसम्पर्क समितिका तर्फबाट महासचिव मुनिन्द्र नेम्वाङले दिएको जानकारी अनुसार एक सय २० परिवारलाई प्रत्यक्ष र संस्थागत रुपमा १५ संघसंस्थालाई जनसम्पर्क समितिको न्युयोर्क टाष्क फोर्समार्फत विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरिएको थियो ।

 

नेजसले दिएको जानकारी अनुसार एक सय २० परिवारलाई प्रत्यक्ष भेटी २ सय प्रति मास्क, एक सय ९४ ह्याण्ड स्यानीटाइजर, तीन हजार एक सय प्रति पञ्जा, ५ प्रति थर्मोमिटर र एक सय ९५ प्रति केएन ९० मास्क वितरण गरिएको जानकारी दिइएको छ । त्यसैगरी न्युयोर्कका स्टेट सिनेटर जोन लिउबाट प्राप्त एक हजार प्रति मास्क विभिन्न संघसंस्था मार्फत वितरण गरिएको थियो । परिवार र संस्थागत गरी टाष्क फोर्सले ८ हजार सात सय प्रति सर्जिकल मास्क, एक हजार ६ सय ६४ प्रति ह्याण्ड स्यानीटाइजर, १७ हजार एक सय प्रति पञ्जा, थर्मोमिटर २ सय प्रति र २ सय ५० प्रति एन ९५ मास्क वितरण गरिएको जानकारी प्राप्त भएको छ ।

कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि जनसम्पर्क समिति अमेरिकाको श्रोत परिचालन समिति न्युयोर्कको टाष्क फोर्स गठन गरेको थियो, जसको संयोजक महासचिव मुनिन्द्र नेम्वाङ रहेका छन । जनसम्पर्क समिति एवं टाष्क फोर्सले महामारीको बेला साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । जनसम्पर्क समितिको टाष्क फोर्सले अप्रिल २१ तारिख देखि स्वास्थ्य सामग्री वितरण शूरु गरेको थियो ।

 


१६ असार २०७७, मंगलवार ०३:३८ मा प्रकाशित