कोरोनाबाट १ करोड बढी संक्रमित, ५ लाख बढीको मृत्यु नेपालमा संक्रमितको संख्या १३ हजार काट्यो

दूरबिन नेपाल     १६ असार २०७७, मंगलवार ०४:२०    

Anil Baral Real Estate

काठमान्डौ २९ जुन । नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १३ हजार २ सय ४८ पुगेको छ । हिजो सोमबार थप ४ सय ७६ जना संक्रमित थपिएका थिए । कोरोनाको कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले घना बस्ति भएका स्थानहरुमा कोरोना संक्रमण बढी भएको जनाएको छ। मन्त्रालयले आबश्यकता परेको अबस्थामा भन्दा बाहिर नजान तथा साबुन पानीले हात धुन समेत भनेको छ।
महामारीबाट बिश्वभर १ करोड भन्दा बढी संक्रमित, ५ लाख बढीको मृत्यु भएको छ। संक्रमित मध्ये आधा भन्दा बढी व्यक्ति निको भएर फर्केका छन्।


१६ असार २०७७, मंगलवार ०४:२० मा प्रकाशित