फ्लोरिडा, टेक्सस , एरिजोना र क्यालिफोर्नियामा भयावह अवस्था   अमेरिकामा १ लाख ३० हजारको मृत्यु ३० लाख संक्रमित 

दूरबिन नेपाल     २२ असार २०७७, सोमबार ००:३३    

Anil Baral Real Estate

दूरबिन संबाददाता


अमेरिका । संयुक्त राज्य अमेरिकामा कोभिड १९ अर्थात कोरोना भाइरसका कारण  १ लाख ३० हजारको मृत्यु भएको छ भने संक्रमितको संख्या २९ लाख ७९ हजार पुगेको छ । तीन महिना अगाडि न्युयोर्कमा फैलिएको महामारी कै गतिमा पछिल्ला केही दिन यता फ्योरिडा, टेक्सस, एरिजोना, क्यालिफोर्निया लगायतका राज्यमा कोरोनाको संक्रमण तीब्र भए पछि अमेरिकामा संक्रमितको संख्या बढेको हो ।
सेन्टर फर डिजिज कन्ट्रोल सी डी सीका अनुसार हिजो अर्थात शनिवार फ्लोरिडामा ११ हजार ४ सय र आइतबार १० हजार नयाँ संक्रमित थपिएका छन् । फ्लोरिडामा कुल संक्रमितको संख्या दुई लाख नाघेको छ ।  


त्यस्तै टेक्सासमा शनिवार ८ हजार दुई सय र आइतबार ३ जहार ८ सय नयाँ संक्रमित थपिएका छन् । टेक्सासमा कुल संक्रमित संख्या दुई लाखको नजिक पुगेको छ ।


पछिल्लो समय संक्रमण निक्कै तीब्र भएको एरिजोनामा शनिबार २६ सय र आइतबार ३ हजार ५ सय नयाँ संक्रमित थपिएका छन् । एरिजोनामा संक्रमितको संख्या एक लाख नजिक पुगेको छ ।


सबै भन्दा बढि जनसंख्या भएको क्यालिफोर्निया राज्यमा पनि 
कोरोना भाइरसको संक्रमण बढ्दो छ । क्यालिफोर्नियामा दुई दिनमा ८ हजार नयाँ संक्रमित थपिएका छन् ।  क्यालिफोर्निया न्यूयोर्क पछि दोस्रो बढि संक्रमित राज्य हो । जहाँ २ लाख ६० हजार भन्दा बढि संक्रमित रहेका छन् ।


टेक्सासलाई पछि पार्दै आइतवारबाट फ्लोरिडा तेस्रो बढि संक्रमित राज्य बन्न पुगेको छ । यो समाचार तयार गर्दासम्म टेक्सास अमेरिकाको चौथो बढि संक्रमित राज्य बन्न पुगेको छ । लामो समयसम्म न्युयोर्क पछि दोस्रो बढि संक्रमितहरु भएको राज्य न्युजर्सी पाँचौ नम्बरमा झरेको छ । थुप्रै राज्यहरूलाई पछाडि छोड्दै एरिजोना आठौँ बढि संक्रमित भएको राज्य बन्न पुगेको छ । 


कोरोनाको महामारी तीब्र भएका राज्यहरूमा अस्पताल र आई सी यू बेडहरूमा बिरामी भरिन थालेका छन् । अस्पतालमा चाप बढे पछि स्वास्थ्यकर्मीआईसीयू बेडको ब्यबस्थापनमा हम्मे हम्मे परेको छ । अरु दुई साता यही गतिमा संक्रमण बढ्ने हो भने थुप्रै राज्यमा बिरामी राख्ने ठाउँ हुने छैन । रोगको महामारी नियन्त्रणमा नआउदै ब्यापार ब्यबसाय र वीचहरु खोलीनुले संक्रमण बढेको धेरैको बुझाई छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने संक्रमण रोक्न प्रभावकारी काम भइरहेको दावी गर्दै परीक्षण गर्नेको संख्या बढेका कारण संक्रमित थपिएको भन्दै यसलाई सामान्य रुपमा लिन भनिरहेका छन् । 

 

तस्विर: पलमवीचपोष्ट
 


२२ असार २०७७, सोमबार ००:३३ मा प्रकाशित