अमेरिकामा १४ हजार नेपाली विद्यार्थी प्रभावित हुने विदेशी विद्यार्थीले अनलाइन कक्षामा मात्र लिएमा आफ्नो देश फर्कनु पर्ने 

दूरबिन नेपाल     २२ असार २०७७, सोमबार २३:३३    

अमेरिकामा १४ हजार नेपाली विद्यार्थी प्रभावित हुने

दूरबिन संवाददाता ।

अमेरिका । आइसिइले  आगामी सेमेस्टरबाट निरन्तररूपमा अनलाइन कक्षा मात्र सहभागि भएमा  अन्तराष्ट्रिय विद्यार्थीहरूले आफ्नो देश फर्कनु पर्ने जनाएको छ । अहिले कोभिड–१९ को महामारीको कारण अमेरिकामा रहेका अधिकांश विश्वविद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चानल गर्दे आएका छन । 

PlutonicTech

आइसिइका अनुसार अन्तराष्ट्रिय विद्यार्थीले अनलाइन कक्षामात्र लिएमा उनीहरूले विद्यार्थी भिसाको नियम उल्लङ्घन गरेको ठहरिनेछ ।
आइसिइको प्रावधान अनुसार अन्तराष्ट्रिय विद्यार्थीले प्रति सेमेस्टर तीन भन्दा वढी कक्षा अनलाइनमा लिन पाउदैनन् ।  अहिले अमेरिकामा ११ लाख भन्दा वढी अन्तराष्ट्रिय विद्यार्थी विभिन्न विश्वविद्यालयहरू
मा अध्ययनरत छन् । 

आइसिइको यो नयाँ नियमले अमेरिकामा अध्ययनरत १४ हजार भन्दा वढी नेपाली विद्यार्थीहरू प्रभावित हुनेछन् । अन्तराष्ट्रिय विद्यार्थीले  अमेरिकाको अर्थतन्त्रमा ४५ बिलियन डलर भन्दा बढि योगदान गर्दै आएका छन् । 

तस्विर: टाइम्स हाइयर एजुकेशन

Bhatta Law & Associate

 


२२ असार २०७७, सोमबार २३:३३ मा प्रकाशित