अमेरिकामा दुई दिनमा १८ सयको मृत्यु, कोरोनाको महामारी झन तीब्र  क्यालिफोर्निया, फ्लोरिडा र टेक्सास न्युयोर्कलाई पछ्याउदै

दूरबिन नेपाल     २६ असार २०७७, शुक्रबार ०३:३२    

 अमेरिकामा दुई दिनमा १८ सयको मृत्यु,  कोरोनाको महामारी झन तीब्र 


दूरबिन संवाददाता


अमेरिका । संयुक्त राज्य अमेरिकामा कोविड १९ अर्थात कोरोनाको महामारी झन तीब्र भएको छ । यही महामारीका कारण बुधबार र बिहीबार दुई दिनमा १८ सय भन्दा बढि मानिसको मृत्यु पुष्टि भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सी डी सीका अनुसार दुई दिनमा अमेरिकामा  १ लाख २० हजार भन्दा बढि संक्रमित थपिएका छन् । अहिलेसम्म अमेरिकामा कुल संक्रमितको संख्या ३२ लाख १९ हजार पुगेको छ । यही भाइरसका कारण अमेरिकामा १ लाख ३५ हजारले ज्यान गुमाइसकेका छन् । 

PlutonicTech


डेढ महिना देखि फ्लोरिडा, टेक्सास, एरिजोना, क्यालिफोर्निया लगायतका राज्यमा कोरोनाबाट संक्रमितको संख्या अत्याधिक बढेको छ । यही गतिमा संक्रमण एक महिना लम्बिएमा क्यालिफोर्निया,  फ्लोरिडा र टेक्सासले  न्युयोर्कलाई पछाडि छोड्ने सम्भावना बढेको छ । अहिले पनि अमेरिकाका ३२ वटा राज्यमा कोरोनाको महामारी तीब्र छ । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्प भने अमेरिकाका सबै शैक्षिक संघ संस्था, ब्यापार व्यवसायपारवहनलाई सुचारु राख्नु पर्ने पक्षमा छन् । 


पछिल्ला अध्ययनहरूले यो भाइरस हावाबाट पनि मानिसमा सजिलै सर्ने देखाएको छ । जसका कारण यसको संक्रमण अझ तीब्र हुन सक्ने आकलन गरिएको छ । कोरोना भाइरसले आफ्नो रूप, स्वभाव र प्रभावलाई बदल्दै गएका कारण अहिले परीक्षणको चरणमा रहेका भ्याक्सिन तयार पार्न अझ बढि समय लाग्ने उत्पादक कम्पनीहरूले जनाएका छन् ।

 

तस्विर: सीएनवीसीबाट

Bhatta Law & Associate

२६ असार २०७७, शुक्रबार ०३:३२ मा प्रकाशित