भारतमा कोरोना महामारीः ७७ बर्षीय अभिनेता अभिताभ बच्चन छोरा अभिषेकसंगै अस्पताल भर्ना अवस्था स्थीर रहेको अस्पतालको भनाई

दूरबिन नेपाल     २८ असार २०७७, आईतवार ०३:०८    

Anil Baral Real Estate

 

दूरबिन नेपाल, अमेरिका
बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरस पोजेटिभ भएपछि अस्पताल भर्ना भएका छन । मुम्बई स्थित अस्पतालमा भर्ना भएका बलिउड महानायक अमिताभ बच्चनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । त्यसैगरी बिग बी का सुपुत्र तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटीभ देखिएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ । बच्चन परिवारका अन्य सदस्यको पनि कोरोना परिक्षण गरिएको तर नतिजा आइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार .शताब्दी नायक अभिताभलाई सास फेर्न गाह्रो भएको छ ।

सिनियर बच्चनले पनि आफु कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएको जानकारी ट्वीट मार्फत गराएका थिए । कोरोनाको प्रभाव बढ्दै गएपछि सचेतनामुलक सन्देश सामाजिक सञ्जाल मार्फत अमिताभले व्यक्त गर्दै आएका थिए । कोरोना भाइरस पोजिटिभ भएर सामान्य लक्षण देखिएपछि पिता अभिताभसंगै आफुपनि अस्पताल भर्ना भएको अभिषेक बच्चनले ट्वीट मार्फत जानकारी गराएका थिए । उनले धेरै डर नमान्न र तनाव रहित भएर बस्न ४४ बर्षीय अभिषेकले शुभेच्छुकहरुलाई आग्रह गरेका छन ।

 

सात हिन्दुस्तानी नामक हिन्दी चलचित्र मार्फत चलचित्र यात्रा शुरु गरेका बलिउडका यंग्री योङ म्यान बच्चनलाई बलिउडको धारलाई नै परिवर्तन गरेको श्रेय दिइन्छ । सत्तरीको आधा र असीको दशकमा बलिउडमा एकछत्र राज गरेका बच्चन अझैपनि उत्तिकै लोकप्रीय छन भने अभिनयमापनि सक्रिय छन । एकताका उनको टेलिभिजन शो कौन बनेगा करोडपति प्रशारण शुरु भएपछि शहर नै सुनसान हुने गरेको भारतीय सञ्चारमाध्यमको दावी छ । सन अस्सीको दशकमा सुपर हिट चलचित्र कुल्लीको छायांकनको क्रममा पेटमा गम्भीर चोटका कारण सिकिस्त बनेका बच्चनको अभिनय र व्यक्तित्व सबैले मन पराउछन ।

बलिउडमा राजेश खन्नापछिको सुपरस्टार मात्र होइन शताब्दीकै महानायकको उपाधि पाइसकेका अभिताभ बच्चनको अभिनयको सिको गर्दै धेरै बलिउड अभिनेता स्थापित भएका छन । चर्चित भारतीय कवि हरिबंश राय बच्चनका छोरा अमिताभको सिघ्र स्वास्थ्यलाभको कामना संसारभरका उनका प्रशंसकहरुले गरिरहेका छन ।


२८ असार २०७७, आईतवार ०३:०८ मा प्रकाशित