अमेरिकावासी नेपालीको सहयोगमा हेभेन्ली पाथद्वारा नेपालमा ११ दिनसम्म खाद्यान्न वितरण

दूरबिन नेपाल     २४ श्रावण २०७७, शनिबार ०३:०५    

Anil Baral Real Estate

दूरबिन नेपाल, न्युयोर्क

अमेरिकावासी नेपालीको सहयोगमा हेभेन्लीपाथ नामक संस्थाद्वारा काठमाडौका विभिन्न स्थानमा ११ दिनसम्म खाद्यान्न तथा पानी वितरण गरिएको छ । हेभेन्ली पाथ अमेरिकाका अध्यक्ष सुकु रुम्दाली र महासचिव हर्क चाम्लिङको संयोजनमा विभिन्न राज्यहरुबाट सहयोग संकलन गरि नेपाल पठाइएको थियो । त्यसैगरी हङकङका उपाध्यक्ष MD Gaya Rai (Tryanam ) ले एक दिनको खाद्यान्न वितरणको लागि सहयोग पठाएको आयोजकहरुले जनाएका छन ।


विशेषगरी काठमाडौका पशुपति क्षेत्र, बालाजु, जेपी रोड, ठमेल, रत्नपार्क, सोह्रखुट्टे लगायतका स्थानमा रहेका असहाय तथा खाना र पानीको आवस्यक पर्ने व्यक्तिहरुलाई खाद्यान्न वितरण गरिएको थियो । काठमाडौका विभिन्न स्थानमा खाद्यान्न वितरण कार्यमा prisoners assitance Nepal का founder साथै chairperson पि.ए. इन्दिरा राना मगरको सहकार्यमा हेभेन्ली पाथ नेपालका सम्पर्क सचिव मनु (स्काई) ले संयोजन गरेका थिए । ११ दिनसम्म गरिएको खाद्यान्न वितरण कार्यकालागि गायक सुबि राई , हेभेन्ली पाथ नेपाल, जिल्ला शाखा काठमाडौका उपाध्यक्ष शोभा राई , युवा संघ काठमाडौ जिल्ला शाखाका अध्यक्ष प्रेरणा वाम्बु चन्द्र देवान, हरिकला साम्पाङ, कादम्बिनी चाम्लिङ, जिना राई, सहदेव श्रेष्ठ, त्रिसला राई प्रनेश राई, सम्राट राई, सन्तोष (होलि ) लगायतले स्वयंसेवकको रुपमा कार्य गरेको जनाइएको छ ।

 

खानाको व्यवस्थापनमा होटल चपलेटीका आनन्द राईले सहयोग गरेका थिए । सेमिङ्ग गुरुङले अमेरिकामा रहेका विभिन्न राज्यमा भएका हेभेन्ली पाथका यात्रीहरु सँग सहकार्यगरी सहयोग जुटाउन खटिएका थिए । त्यसैगरी अमेरिकाबाट मिडिया कोअर्डिनेटर सुम्नु देवि राईले देशविदेशमा छरिएर रहेका हेभेन्लीपाथका यात्रीहरुसंग सम्पर्क गरी कार्यक्रम सफलपार्न भुमिका खेलेको हेभेन्ली पाथले जनाएको छ ।


विपत्तिमा परेकाहरुलाई निरन्तर खाना खुवाउने योजना हुदाहुदै पनि नेपालमा कोरोना संक्रमण बढ्दै गएकोले हालको लागि बन्द गरिएको आयोजकले जनाएका छन भने निकट भविष्यमा संसारभरि छरिएर बसेका यात्रीहरुको तर्फबाट फेरि पनि विपत्तिमा परेकाहरुलाई खानपिनको व्यवस्था गर्ने हेभेन्ली निर्वाणा पाथ, हंगकंगका उपाध्यक्ष MD Gaya Rai (Tryanam ) ले जाानकारी गराएका छन ।

अमेरिकाबाट सुम्नु देवि राईको सहयोगमा


२४ श्रावण २०७७, शनिबार ०३:०५ मा प्रकाशित