प्रवासी नेपालीहरूको संस्कृति र संस्कार मोह

दूरबिन नेपाल     ३ भाद्र २०७७, बुधबार ०१:५७    

प्रवासी नेपालीहरूको संस्कृति र संस्कार मोह

धेरै नेपालीहरू बाध्यता भनौ वा अवसर भनौ या रहरले विदेशीन बाध्य भएका छन् । आफनो मातृभुमी सजिलै छोडेर हिडने रहर त कसैलाई पनि नहोला । सुख सयल र सम्पन्न जिवन यापनको आकांक्षा बोकेर हिडेका लाखौ नेपालीहरू संसारको प्रत्येक कुनामा रहेका छन् । आफ्नो जन्मभुमीमै अवसर र आकांक्षा पुरा गराउने अवसर मिल्दो हो त अवश्य पनि मातृभूमि र आफन्त छोडी हिंडने रहर कसैलाई पनि नहोला । धेरैका आकांक्षा पुरा भए होलान भने धेरैले कष्टकर र असजिलो जीवन पनि त व्यतीत् गरिरहेका होलान् । जुनसुकै परिस्थितिले विदेशिन बाध्य बनाएतापनि प्रत्येक नेपालीको मुटुमा भने नेपाली ढुकढुकीलेनै डेरा जमाई रहेको पाईन्छ । दुखसुख जे भोगाई मिलिरहेपनि मनभरी संधै मातृसंस्कार र संस्कृतले स्थाई र गहिरो छाप मारिरहेको छ । देश काल र परिस्थिति अनुसार ऊनीहरूको खानपान, लवाई खुवाई, बसाई र भाषा फेरियो होला तर मनभरि रहेको मातृभूमि प्रतिको माया र आफनो संस्कृति र संस्कार प्रतिको मोह कहिल्यै फेरिएको पाईएन । विदेशको ठाउं, अर्काको भुमी अवश्य पनि परिस्थिति सहज छैन होला । पाईला पाईलामा चुनौती होलान् । मातृभुमीमा रहेका आफन्तसंगको संवादले लगातार आईरहेका चाडपर्वको सम्झना दिलाईरहने छ । दशैको निधारभरि टिका र शिरभरि जमराको झझल्को , तिहारमा निधारभरि सप्तरंगी टिकाको याद अनि तीजमा माईती मावलको संझना । यादै यादले मन जति थिचे पनि कर्मभुमीमा दैनिक कर्म त गर्नुनै परिहाल्यो । व्यस्त जिवन, कामको चटारो, चाडपर्व अनुकुलको छुट्टी र फुर्सदपनि त कहाँ मिलिहाल्दो रहेछ र ? आफनो मातृ चाडमा रमाउने मन भरि चाहना रहंदा रहंदै पनि काम र कर्मको तालिकाले मन गह्रौं बनाउदै भौतारिनु पर्दाको पीडा यी आप्रवासी दिदी बहिनी र दाजु भाईलाई मात्र थाहा होला । अझ आफन्त तथा साथी संगीहरूका सामाजिक संजालका भित्ताभरि रंगीएका श्रव्य दृश्यहरूले त केही क्षण मन मस्तिष्कलाईनै अचेत बनाई दिन्छ । खैर जे सुकै होस वा ढिलो होस या चाँडो, थौरै समय पाउंदापनि मनभरिको चाहना बिसाउन नचुक्ने यी आप्रवासी आत्माहरूलाई भने सलाम नगरिरहन सकिदो रहेनछ ।

 

त्यहां आमा छैनिन्, दिदी बहिनी र माईती मावल कोहि छैनन् तर पनि पूर्वकी माईली, पश्चिमकी साईली, हिमालकी गोरी र तराईकी छोरी सबै जनघट भएका छन । आहा कति कमलो मन यी दिदी बहिनीहरूकाश्र । माईली, साईली, काली गोरी सबै आफन्त, यीनै आमा, यीनै दिदी वहिनी अनि यीनै माईती मावल । होला, ठाउँ र परिवेससंग यी दिदी बहिनीहरूको पहिरन मेल नखाला तर रातो सारीले सजिएको जीउ डाल र तीजको रहरले भरिएको मनले भने केही क्षण त स्वर्गलाईनै आफुले टेकेको भुमिमा ल्याइदिएको अनुभूति गराई दिदो रहेछ । नेपथ्यमा घन्किएको गित– “तीजको रहर आयो वरीलै” ले त झन नेपाललाईनै परदेशमै उपस्थित गराईदिएको महसुश हुंदोरहेछ । जहां रहे पनि जे खाए पनि र जसो गरे पनि आफना चाड पवं र तीथि संस्कारलाई सजिलै भुल्न निकै कठिन हुंदो रहेछ । यसैले त त्यो नेपाली गित– “जसो गर जे भन जता सुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो” भन्ने भावलाई प्रतिभुत गराई दिंदो रहेछ । मनको बेदना, दुख र भाव तीजको गित मार्पmत पोखेर मन हुलुङ्गो बनाउने चाड तीज परदेशमा चाहि स्वदेशकै सरह सासु, नन्द, भाऊजुबाट वर्षभरि भएका थिचोमिचो र अन्याय प्रकट गर्ने खालका नहोलान तर अवश्य पनि परदेशमा रहेका चेलिहरूका पनि बेदमा भने छन । आमा बुबा लगायत आफन्तहरूबाट टाढिनुको पीडा, दैनिक कामको चपेटा, व्यस्त र कोलाहलपुर्ण जिवन र आफना चाड पर्व मनाउन छुट्टी र समय नपाउनु आदि आदि । सबैलाई हरितालिका तिजको शुभकामना ।


३ भाद्र २०७७, बुधबार ०१:५७ मा प्रकाशित