गिरिजाप्रसाद कोइराला फाउण्डेसनद्वारा पुनः निशुल्क खाधन्न वितरण

दूरबिन नेपाल     १० भाद्र २०७७, बुधबार १९:३३    

गिरिजाप्रसाद कोइराला फाउण्डेसनद्वारा पुनः निशुल्क खाधन्न वितरण

 

दूरबिन नेपाल, न्युयोर्क

गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले पुनः निशुल्क खाद्यान्न तथा राहत वितरण गरेको छ । अगष्ट २५ तारिखका दिन फाउण्डेसनले न्युयोर्क शहरको मेयर कार्यालय, ब्रक्लीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्ली मेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले प्रत्यक्ष अवलोकनमा निशुल्क खाद्यान्न वितरण गरिएको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जनाएका छन ।

PlutonicTech

मंगलवार गरिएको खाद्यान्न वितरण ७२–२४ ब्रोडवे, ज्याक्सन हाईट्समा गरिएको थियो । वितरण गरिएको सामग्रीहरुमा १०० बक्स खाधन्न र २००० प्रति सर्जिकल मास्क रहेको फाउण्डेसनका अध्यक्ष घिमिरेले जानकारी दिए । वितरण गरिएको २००० प्रतिम मास्क मध्ये क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, सेनेटर माईकल ज्यानारेसिस, ऐसेमब्लीमेन माईकल डेनडेक्कर र सेनेटर जोन लुले ५०० प्रतिका दरले फाउण्डेशनलाई मास्क सहयोग गरेका थिए ।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री र मास्क वितरण कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य द्वय सूर्य सिम्खडा र विनोद थापा खटिएका थिए । त्यसैगरी स्वयंसेवीहरुमा ने.का. युवा नेता अनिल पण्डे, फाउण्डेशनकी महिला सदस्यहरु क्रमशः रेखा श्रेष्ठ र भावना सिम्खडा, ने.का. नेत्री कमला पन्त खटिएका थिए । फाउण्डेशन ले विभिन्न समुदायका ६५०० जना भन्दा बढीलाई सेवा पुराइ सकेको जानकारी फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरे दिए । फाउण्डेशनले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको छ


१० भाद्र २०७७, बुधबार १९:३३ मा प्रकाशित