फिप्नाको विशेष बुलेटीन सार्वजनिक अनलाइनबाट पढन सकिने

दूरबिन नेपाल     १२ भाद्र २०७७, शुक्रबार ०३:४४    

Anil Baral Real Estate

दूरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाको बुलेटीन अनलाइनमा उपलव्ध भएको छ । बुलेटिन २६ औं विश्व आदिवासी दिवसका दिन प्रकाशित भएको थियो । ६० पृष्ठको बुलेटिनमा नेपालका आदिवासी जनजातीहरुको अवस्था, इतिहास र भावी योजनाहरु उल्लेख गरिएको छ । बुलेटीनमा नेपालमा जातीय पहिचानको आन्दोलनको विषयमा प्राध्यापक डा ओम गुरुङको सिंहावलोकन समेटीएको छ । त्यसैगरी मिचिगन युनिभर्सीटीका प्राध्यापक डा महेन्द्र लावतीलेको नेपाली आदिवासी आन्दोलनका चुनौती विषयक विष्लेशणपनि बुलेटीनमा छ । नेपालका जनजाति तथा आदिवासीका सम्बन्धमा कृष्ण भट्टचन, शुरेस आले मगर, गणेश राई, तारामणी राईका विष्लेषणात्मक दृष्टिकोणपनि रहेका छन । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाका अध्यक्ष लोक चेम्जोङको नेपाली समुदायविच फिप्ना शिर्षकको लेखपनि बुलेटीनमा रहेको छ ।

बुलेटिनलाई  https://www.paperturn-view.com/fipna/fipna-bulletine?pid=MTA109574    मार्फत हेर्न सकिनेछ ।


१२ भाद्र २०७७, शुक्रबार ०३:४४ मा प्रकाशित