गिरिजा प्रसाद कोइराला फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री वितरण

दूरबिन नेपाल     १९ भाद्र २०७७, शुक्रबार ०२:२२    

Anil Baral Real Estate

दूरबिन नेपाल, न्युयोर्क

गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले निशुल्क पीपीइ वितरण गरेको छ । काग्रेंसउमेन ग्रेस मेङ्गको प्रायोजक र क्वीन्स चेम्बर अफ कमर्सको पार्टनरमा साना उद्यमीहरुलाई निशुल्क पीपीइ वितरण गरिएको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जनाएका छन । सेप्टेम्बर २ का दिन गरिएको पीपीइ वितरणबाट २० भन्दा धेरै साना व्यवसायी लाभान्वित भएको बताइएको छ ।

जीपी कोइराला फाउण्डेसनको सहकार्यमा भएको पीपीइ वितरण कार्यक्रममा प्रमुख अतिथि कांग्रेसउमेन ग्रेस मेङ्गले २० वटा भन्दा बढी साना व्यवसायीहरुलाई पसलमै उपस्थित भएर सामग्रीहरु वितरण गरेकी थिइन । सो कार्यक्रममा जीपी कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष शुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सीम्खडा खटिएका थिए भने क्रियाशील सदस्य पंकज सुब्बा र महिला सदस्य रेखा श्रेष्ठको पनि सहभागिता रहेको थियो । फाउण्डेशनले कांग्रेसउमेन ग्रेस मेङ्ग, क्वीन्स चेम्बर अफ कमर्स कि ज्याकलिन डोनाडो र वर्मा पईन्टका कार्यकारी निर्देशक मो चेन लाई धन्यवाद दिएको छ ।

  


१९ भाद्र २०७७, शुक्रबार ०२:२२ मा प्रकाशित