युनाइटेड किरात राई अर्गनाइजेसनद्वारा नेपालका कोरोना पीडितलाई सहयोग

दूरबिन नेपाल     २३ कार्तिक २०७७, आईतवार ०१:३९    

Anil Baral Real Estate

दूरबिन नेपाल, न्युयोर्क
नेपालमा कोरोना महामारीका कारण पीडामा रहेकाहरुलाई युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाले आर्थिक सहयोग गरेको छ । अमेरिकामा रहेका अर्गनाइजेसनका च्याप्टरहरु न्युहेम्पशायर, कनेक्टिकेट, म्यासाच्युसेट्स बोस्टन, न्युयोर्क, वाशिंगटन डी सी, पेन्सिल भानिया, क्यालीफोर्निया, मेरील्याण्ड, भर्जिनिया, टेक्सस, कोलोराडो, नेब्रास्का लगायतका राज्यमा बसोबास गर्ने नेपालीहरुबाट सहयोग रकम संकलन गरिएको थियो । संसारभरी महामारीको रुपमा फैलिएको कोरोनाको कारण आफ्नो मातृभूमि नेपालमा दैनीक ज्यालादारी गरी जीवनयापन गरीरहेकाहरु तथा शारीरिक अपांगता भएको नेपालीहरुलाई लक्षित गरी सहयोग पठाइएको जनाइएको छ ।

अमेरिकी डलर २०२० अथात नेपाली रुपैयाँ झण्डै तीनलाख सहयोगको लागि पठाइएको थियो । अमेरिकाबाट पठाइएको सहयोग रकम एबिसी टेलिभिजनका संचारकर्मीं कृष्ण कंडेल र अर्गनाइजेसनको प्रतीनिधित्व गर्दै संगीतकार तथा गायक कनकाइस्ट राईले भब्य कार्यक्रम गरी हस्तान्तरण गरेका थिए ।

यसअघिपनि आदिवासी जनजाती महासंघ अमेरीका फिप्नाको सहयोग अभियानलाई सहयोग गर्न अमेरिकी डलर २०२० सहयोग गरिएको अध्यक्ष मुना राइले बताइन । फिपनाले नेपालको बिभिन्न शहर तथा वस्तीहरुमा विभिन्न चरणमा सहयोग गरेको थियो ।
सुरेश चाम्लिङ्गको सहयोगमा


२३ कार्तिक २०७७, आईतवार ०१:३९ मा प्रकाशित