मध्यमाञ्चल र पश्चिमाञ्चल फाइनलमा

दूरबिन नेपाल     १० पुष २०७४, सोमबार १५:०२    

Anil Baral Real Estate

काठमाडौं, पुस १० गते ।
मध्यमाञ्चल र पश्चिमाञ्चल राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोमा भएको खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई २–० तथा पश्चिमाञ्चलले नेपाल प्रहरी क्लबलाई २–१ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरे । उक्त स्पर्धाको फाइनल मंगलबार हुनेछ ।
प्रतियोगितामा ३ विकास क्षेत्र (मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चल) तथा १ विभागीय टोली (प्रहरी) का ४४ खेलाडी सहभागी छन् । त्यसमा ३२ पुरुष र १२ महिला छन् । शनिबारसम्म चल्ने प्रतियोगितामा पुरुष÷महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
राखेप च्याम्पियनसिपको राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार औपचारिक उद्घाटन गरेपछि पहिलो प्रतियोगिताका रुपमा स्क्वास भएको हो । च्याम्पियनसिपमा विभिन्न २९ खेल समावेश छन् । औपचारिक उद्घाटनअघि मौसम र प्राविधिक कारणले पौडी, ट्रायथलन, कराते र लनटेनिसको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ ।


१० पुष २०७४, सोमबार १५:०२ मा प्रकाशित