मल्पी र साइपालको जित

दूरबिन नेपाल     १० पुष २०७४, सोमबार १५:०७    

Anil Baral Real Estate

आयोजक मल्पी र साइपाल एकेडेमीले प्रथम मल्पी कप अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा भएको खेलमा मल्पीले सान्त्वनालाई ३–० गोलले पराजित गर्यो । आलोक कार्की, शुभम शाक्य र सिद्धान्त गुरुङले गोल गरे । साइपालले अरुणिमालाई २–१ गोलले हरायो । साइपालका राम ढकाल र सागर कटुवालले गोल गरे । अरुणिमाका अजय खड्काले १ गोल फर्काए ।
अन्य खेलमा लिटिल एन्जल्स (एलए) र केयू सिटी विजयी भए । एलएले डिएभीमाथि २–१ को जित दर्ता गर्यो । एलएका दीपेश प्रसाईं र प्रज्ज्वल पुनले गोल गरे । डिएभीका अनिश थापाले सान्त्वना गोल गरे । केयू सिटीले गीताञ्जलीलाई १–० ले पन्छायो । योगेश ढकालले निर्णायक गोल गरे । प्रतियोगितामा ग्रान्डी अस्पटाल मेडिकल सहयोग रहेको छ ।


१० पुष २०७४, सोमबार १५:०७ मा प्रकाशित