राष्ट्रीय स्क्वास च्याम्पियनसिप,दिदी भाइ नै उपाधि नजिक

काठमाडौं, पुस १४ गते ।
पश्चिमाञ्चलका अमृत थापा मगर र मध्यमाञ्चलका अरहान्तकेशर सिम्ह राखेप च्याम्पियनसिप अन्तर्गत स्क्वासकाे पुरूष एकलकाे उपाधिका लागि भिड्ने भएका छन् ।
यस्तै महिला एकलकाे च्याम्पियनकाे छिनाेफानाे महिला पश्चिमाञ्चलकी कृष्णा थापा र मध्यमाञ्चलकी भावना सुनवार बीचकाे खेलबाट हुने छ ।
शुक्रवार सम्पन्न सेमीफाइनलमा अमृतले मध्यमाञ्चलका राजेन्द्र शाक्यलाइ तीन शुन्यकाे साेझाे सेटमा हराए । अमृत ११–६, ११–८ र ११–६ स्काेरकाे जीत हात पार्दै उपाधी नजिक पुगेका हुन् । अर्काे सेमीफाइनलमा अरहान्तले मध्यमाञ्चलका छिरी लामालाई ११–६, ११–३ र ११–६ को सोझो सेटमा पराजित गरे ।
प्रतिस्पर्धात्मक बनेकाे महिला एकलकाे सेमीफाइनलमा अमृतकी दिदी कृष्णा थापाले मध्यमाञ्चलकी विपना ब्लोनलाई तीन दुइकाे सेटमा हराइन । पहिलाे सेट ११–६ ले जितेकी कृष्णाले दाेस्राे सेट १०–१२ ले गुमाएकी थिइन । तेस्राे सेट झनै राेचक बन्याे । जसमा कृष्णा १२–१० ले सफल भइन । त्यस पछि जित्ने पालाे विपनाकाे रह्रयाे । चाैथाे सेटमा विपना हावी भइन । त्याे सेट विपनाले ११–४ ले जिते पनि फाइनलमा पुग्ने सपना भने पुरा हुने सकेन । अन्तिम सेट ११–८ ले जित्दै कृष्णा उपाधि नजिक पुगिन ।
अर्काे सेमीफाइनलमा भावनाले मध्यमाञ्चलकै स्वस्थानी श्रेष्ठलाई ११–६, ११–२ र ११–१ को सेटमा हराइन ।
महिला पुरूष दुबै तर्फकाे फाइनल शनिबार हुनेछ ।
१४ पुष २०७४, शुक्रबार १२:३७ मा प्रकाशित