आर्मी बन्यो सेपाकताक्रो च्याम्पियन, महिलातर्फ मध्यमाञ्चल सफल

दूरबिन नेपाल     १४ पुष २०७४, शुक्रबार १३:०९    

Anil Baral Real Estate

काठमाडौं, पुस १४ गते ।

नेपाल आर्मी क्लब राजधानीमा जारी राखेप राष्ट्रीय च्याम्पियनसिपमा सेपाकताक्रोमा पुरुष तर्फको उपाधि जित्न सफल भएको छ । यस्तै महिला तर्फको उपाधि मध्यमाञ्चलले जितेको छ ।

टुँडिखेलमा शुक्रवार भएको खेलमा आर्मीले पूर्वाञ्चललाई २१–१३ र २१–१७ को सोझो सेटमा पराजित ग¥यो । अनिल जर्घा मगरको कप्तानीमा रहेको आर्मीबाट शैलेश दाहाल, सूर्य चौधरी, मुकुन्द गौतम र दिपेश थापाले प्रतिस्पर्धा गरेका थिए ।

सेपाकताक्राे प्रतिस्पर्धामा अार्मीका खेलाडी । तस्वीर ः राखेप

पूर्वाञ्चलको टोलीमा रोशन तामाङ, अमृत बस्नेत, राजिव खतिवडा, श्रजेश श्रेष्ठ र रोशन राईले खेलेका थिए ।

मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई १९–२१, २१–१५ र १५–१२ को सेटमा हराउदै तेश्रो भयो । पुरुषमा पाँच विकास क्षेत्र र आर्मी गरी ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

पाँच विकास क्षेत्र सहभागी महिलाको राउन्ड रोविन लिगमा सबै खेलमा जित निकाल्दै मध्यमाञ्चल पहिलो भएको हो । सलिना थापा, सुमित्रा डंगोल, उषा महर्जन, निकिता लामा र स्वस्तिका श्रेष्ठ सम्मिलित मध्यमाञ्चल टोलीले १२ अंक जोडे ।

सोममाया थापा मगर, लिजा गुरुङ, तृष्णा सुनवार, जेनिशा थापा मगर र बेनिका ठाडा रहेको पश्चिमाञ्चल टोली ९ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानको सुदूरपश्चिमाञ्चलले ६ अंक बटुल्यो ।


१४ पुष २०७४, शुक्रबार १३:०९ मा प्रकाशित