नयाँ सरकार गठनका लागि वैधानिक बाटो खुल्ला – उपप्रधानमन्त्री थापा

दूरबिन नेपाल     १५ पुष २०७४, शनिबार १४:२९    

Anil Baral Real Estate

नेपालगन्ज, १५ पुस / उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ सरकार गठनका लागि अब वैधानिक बाटो खुला भएको बताउनुभएको छ ।
सो दलद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले छिटै प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्ने सम्भावना रहेको छ ।”
अहिले आफ्नो दललाई ‘ग्रहदशा’ लागेको बताउँदै अब सडकबाट हिन्दू धर्म र राजसंस्थाको मुद्दाको उठान गरिने बताउनु भयो ।
पूर्वराजा–थापा भेट
उपप्रधानमन्त्री थापाले पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग आज नेपालगन्जमा भेट गर्नुभएको छ । आफू पार्टीको कार्यक्रममा नेपालगन्ज आउँदा पूर्वराजा पनि यही रहेको थाहा पाएपछि भेट गरेको उहाँले स्पष्ट पार्नुभयो ।


१५ पुष २०७४, शनिबार १४:२९ मा प्रकाशित