डेनभरमा घरायसी बिवादको घटनामा बन्दुक हानाहान: उद्दारमा गएका डेपुटी सेरिफ मारिए

दूरबिन नेपाल     १६ पुष २०७४, आईतवार १९:०७    

Anil Baral Real Estate

आज बिहान सबेरै कोलोराडोको डेनभर शहरबाट २० माइल दक्षिणमा रहेको ‘हाइल्याण्ड य्रान्च’मा घरायसी बिवादबाट उब्जिएको घटनामा बन्दूक प्रहारबाट एकजना डेपुटी सेरिफको मृत्यु भएकोछ भने केही थप डेपुटिहरु घाइते भएको अनुमानछ। साथै केही अन्य सामान्य नागरिकहरु पनि घाइते भएको जानकारी स्थानीय प्रहरी संयन्त्रले गराएकोछ। प्रहरीले नागरिकहरुलाई घटनास्थलबाट टाढा रहन, घरको झ्याल वा बाहिरी वालको नजिक नबस्न समेत सचेत गराएकोछ। घटनामा संलग्न भएको आशंका गरिएका व्यक्ति पनि मारिएको बताइएकोछ। घटानाको बिस्तृत विवरण आउन बाँकी छ।

श्रोत: सिएनएन


१६ पुष २०७४, आईतवार १९:०७ मा प्रकाशित