टाइगरको तागत

दूरबिन नेपाल     १७ पुष २०७४, सोमबार ०४:३६    

Anil Baral Real Estate


भारतीय फिल्म नगरी बलिउडका ब्याड ब्वाय सलमानखानको चर्चा विशेषगरी दुइ कारणले हुने गर्दछ । केही दशक पहिला बलिउडमा सलिम पुत्र सलमान खराब आचरणका काण धेरै चर्चामा आउने गर्दथे भने पछिल्लो दशक सलमान चलचित्रको सफलताका कारण मनोरञ्जनको दुनियाँमा छाउने गरेका छन ।
यतिबेला सलमान खानको चलचित्रले बलिउड बक्स अफिसमा सफलताको शिखर चढीरहेको छ । सलमान र उनकी पूर्व प्रेमिका कैट्रीना कैफ अभिनित चलचित्र टाइगर जिन्दा है रिलिजको दुइ हप्तामै बर्ष २०१७ को सुपर हिट चलचित्रको सूचीमा दर्ज भएको छ । सल्लुको टाइगर जिन्दा है बाहुबली २ पछि सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र बनेको छ । सलमान खान र कैट्रीनाकै अभिनय रहेको एक था टाइगरको सिक्वेलको रुपमा रहेको टाइगर जिन्दा हैले संसारभरीबाट ३ सय ७८ करोडको व्यापार गरिसकेको छ ।

चलचित्रले भारतभित्रमात्र दुइ सय ९८ करोडको व्यापार गरेको छ भने भारत बाहिर युरोप, अमेरिका र अरब मुलुकहरुमा गरी ८० करोड भन्दा धेरैको व्यापार गरेको भारतीय बक्स अफिसले जनाएको छ । भारतीय गुप्तचर संस्था रअका गुप्तचर र पाकिस्तानी गुप्तचर संस्था आइएसआइकी गुप्तचरका विचमा भएको प्रेमकथामा आधारित चलचित्र टाइगर जिन्दा हैलाइ अलि अब्बास जाफरले निर्देशन गरेका हुन । सलमान खानको यसअघि रिलिज भएको चलचित्र ट्युबलाइट बक्स अफिसमा असफल भएपनि टाइगर जिन्दा है को सफलताले बलिउडमा सलमान खानको दवदवा अझै कायम छ भन्ने देखाउंछ ।


१७ पुष २०७४, सोमबार ०४:३६ मा प्रकाशित