काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार ओली निवास बालकोटमा भेटघाट भएको हो ।
दुई नेताबीच पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल भएको अध्यक्ष भट्टराईको सचिवालयले जनाएको छ ।
कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रचण्डसँग नेसपा अध्यक्ष भट्टराई पछिल्लो समय नजिक भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-