काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा भारतीय विदेशमन्त्री एस. जयशंकर दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुग्ने भएका छन्।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार विशेष विमानबाट बिहीबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण हुने उनलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नेछिन् ।
जयशंकरले बिहीबारदेखि नै राजनीतिक भेटवार्ता थाल्ने भएका छन्। उनले बिहीबार सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्।
त्यसपछि बिहीबार मध्यान्ह उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको सरकारी निवास बालुवाटारमा संवाद गर्ने भएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-