काठमाडौं । सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई पनि समेटेर अघि बढ्न तयार रहेको बताएका छन् । उनीहरुबीच बुधबार बालुवाटारमा बसेको बैठकमा यस्तो सहमति भएको हो ।
फागुनमा रिक्त हुने राष्ट्रिय सभाका २० स्थानमध्ये १९ का लागि माघ ११ मा निर्वाचन हुँदैछ। सत्ता गठबन्धनले साझा उम्मेदवार तयार गरेर उम्मेदवारी दिएमा उनीहरूले नै सबै प्रदेशमा जित्ने सम्भावना छ।
प्रतिक्रिया लेख्नुहोस्:-