काठमाडौं । दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान मौ काठमाडौं आइपुगेका भारतीय विदेशमन्त्री डा। एस जयशंकरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
देउवासँगको भेटमा दुईदेशको सम्बन्ध, दुईपक्षीय हित तथा विकास र समृद्धिका लागि हुनसक्ने सहयोगका विषयमा छलफल भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रियसभा सदस्य डा। कृष्णप्रसाद पौडेलले भारतले नेपालसँग १० हजार मेगावाट विद्युत् खरिदका लागि गरेको सम्झौताको सराहना गर्दै देउवाले नेपालको पूर्वाधार विकास र दुईपक्षीय साझा हितका क्षेत्रमा सहकार्यका लागि आग्रह गरेका थिए ।
जवाफमा भारतीय विदेशसचिव जयशंकरले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न भारत सकारात्मक भएको भन्दै यहाँका आवश्यकता र समस्याबारे भारत जानकार रहेको प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-