केशवराम राई, दूरबिन नेपाल, न्युयोर्क अमेरिका
नेपाल आदिवासी जनजाति महासंघ (फिफ्ना) अमेरिकाले नयाँवर्ष २०२० र आदिवासी जनजातिहरुको राष्ट्रिय चाडपर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जनवरी ४ मा न्युयोर्कमा आयना गरिएको सो कार्यक्रममा फिप्नाको वैचारिक, सांगठनिक अवधारणामाथी छलफल तथा शुझाव संकलन गरेको छ । कार्यक्रममा नेपालका आदिवासी जनजातिहरूको मुद्दा, पहिचान सहितको संघियता र आदिवासी जनजातिहरूको समानुपातिक समावेसीको सिद्धान्तको आधारमा राज्यका हरेक तहमा प्रतिनिधित्व गराउन माग पनि गरिएको छ । संसारभरी छरिएर रहेका आदिवासी जनजातीहरूको एकतालाई बलियो बनाए मात्र समग्र मुद्दालाई सशक्त र प्रभावकारी कार्यान्वयन गराउन सकिने भएकोले सबैले जुट्नुपर्ने धारणा व्यक्त गरिएको छ । त्यसैगरी नेपाली अमेरीकन समुदाय विचको एकता, भातृत्व, सद्भाव कायम गर्दै आगामी दिनमा अमेरिकामा रहेका नेपाली आदिवासी जनजातिहरूको संगठनहरूमार्फत् नेपालको भाषा, कला, संस्कृति, रितिरिवाज, भेषभुषालाई विश्व समुदायबीच प्रवद्र्धन, प्रदर्शन र प्रचार गरेर नेपालप्रति आकर्षण बढाउन सकिने विस्वास फिप्नाले गरेको छ ।
त्यसैगरी कार्यक्रममा फिप्नाले नेपाली अमेरीकन समुदायमा नेपाली आदिवासी पहिचानलाई स्थायीरूपमा यहाँको स्थानीय सरकारसँग समेत सहकार्य गरेर उचित संरक्षण र सम्बद्र्धनका कामहरू गर्ने विषयलाई छलफलको मुख्य ऐजेण्डाका रुपमा प्रस्तुत गरेको थियो । फिप्नाको आन्तरिक सुदृढ़ीकरण, कार्यक्षमता विकास तथा संगठन विस्तारका मुद्दाहरूलाई पनि प्राथमिकता दिन छलफल गरिएको थियो । यी सबै छलफलहरू र उठेका जिज्ञाशाहरूमा सबैको सक्रिय सहभागिता रहेको भन्दै पिफ्नाले उपस्थित सबैमा धन्वयाद व्यक्त समेत गरेको छ । आगामी दिनमा फिप्नाले आफ्नो वैचारिक, सैद्धान्तिक विचारधारालाई पनि प्राथमिकताका साथै मुख्य उद्देश्यमा केन्द्रित हँुदै नेपाली अमेरीकन समुदायको सामाजिक तथा मानवीय कार्यहरूमा सम्पूर्ण सामुदायिक संघसस्थाहरुसंग सहकार्य गर्दै अगाडी बढ्ने निष्कर्ष निकालेको छ । नेपाली महावाणिज्यदुतावास न्युयोर्क कार्यबाहक महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा वरिष्ठ कानुन व्यवसायी तथा फिप्नाका कानुनी सल्लाहकार रमेश श्रेष्ठ, निवर्तमान अध्यक्ष, संघिय परिषदका सभामुख, न्युयोर्कमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष, प्रतिनिधी, सल्लाहकार, पूर्वपदाधिकारी, पत्रकार, बुद्धिजीवी, समाजसेवी तथा सामाजिक अभियन्ता लगायत कार्यसमितिका पदाधिकारी, सदस्य, स्वयंसेवक र व्यवस्थापनमा सहयोग गर्ने सम्पूर्णमा फिप्नाले धन्यवाद व्यक्त गरेको छ । नेपाल र नेपालीको समृद्धि तथा विकासको लागी नेपाल सरकारले सुरूवात गरेको नेपाल भ्रमणवर्ष २०२० लाई सबै प्रकारले सफल पार्नु आफ्नो कर्तव्य र जिम्मेवारी रहेको बताउँदै यस जिम्मेवारीलाई पुरा गर्नका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिने प्रतिबद्धता समेत महांसघका अध्यक्ष लोक चेम्जोङ तथा महासचिव नरेन्द्र थापाले कार्यक्रममा व्यक्त गरेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-