काठमाडौं । सरकार सञ्चालन गर्न कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा जारी छ। बिहीबार बिहान ९ बजेदेखि सुरु भएको गठबन्धनको राजनीतिक समन्वय समितिको बैठकले समसामयिक विषयमा छलफल गरिरहेको बुझिएको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन, एमसीसीलगायतका विषयमा छलफल भइरहेको छ। देउवा पुस २५ गते भारत भ्रमणमा जान लागेका हुन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्री देउवाको दुई दिने भारत भ्रमण स्वीकृत गरेको छ।
पाँच दलीय गठबन्धनको बैठकले केही समयअघि सरकारलाई सहयोग गर्न कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा कृष्ण सिटौला, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेको समिति गठन गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-