काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डरी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा समसामियक विषय र बढ्दो कोरोना महामारीको विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए
पुस २५ गते भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री देउवाले आफू सहभागी हुने कार्यक्रम भाइब्रेन्ट गुजरात समिट स्थगित भएपछि भ्रमण रद्द गरेका छन् । कोरोना महामरीको संक्रमण बढ्न थालेपछि भारतमा उक्त समिट स्थगित गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-