काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दल वर्तमान गठबन्धन सरकार भत्काउने प्रयासमा नरहेको स्पष्ट पारेका छन् ।
महामन्त्री शर्माले शुक्रबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकपछि कांग्रेस वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको बताएका हुन्।
उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र नयाँ समीकरण बनाउने भन्ने हल्लामा सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे। उनले कांग्रेसले अब जिम्मेवार र सालिन ढंगले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पारे।
बैठकमा शनिबार बस्ने संसदीय दलको बैठक र केहि दिनपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका विषयमा छलफल भएको उनले जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्:-