काठमाडौं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले अहिलेको सरकारले राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।
देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताउँदै उनले दैनिक हजारौँ मानिसहरू विदेश गइरहेकोप्रति पनि गुनासो समेत गरे। देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताउँदै उनले सबै मिलेर देश, जनता र देशको सार्वभौम सत्ताको अस्तित्व जोगाउनुपर्ने बताए।
‘
प्रतिक्रिया लेख्नुहोस्:-