काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा देशको स्वाधीनतामा आँच आउने गरी भारतसँग विद्युत खरिद सम्झौता गरेको आरोप लगाएका छन्।
नेता पोखरेलले आज पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् ।
उनले सत्तारुढ गठबन्धनले मुलुकका स्वाधिनता र स्वतन्त्रतामा मुद्दालाई धुमिल बनाउने काम गरेको भन्दै त्यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरु एकताबद्ध हुनुपर्ने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-