काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई घेराबन्दीमा पारिएको बताएका छन् ।
अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट शुक्रबार जिल्ला अधिवेशनको संयुक्त उद्घाटन गर्दै यस्तो बताएका हुन् । “आज पाँचतिर फर्किएका पाँचभाइ छन् तर नागरिकको ज्यान जाँदा बोल्न सक्दैनन् । त्यसबेला हामी घेराबन्दीमा परेकै हौँ । अदालतले पनि के कारणले हो प्रतिपक्षले मागेको आदेश दिने ?” उनले भने ।
उनले यो परमादेशले बनाएको कठपुतली सरकार भएको आरोप समेत लगाए । उनले निर्वाचनतर्फ लक्षित गर्दै भने,“हामी मताधिकारको प्रतिक्षामा छौँ । ”
आफूले देशको लागि धेरै राम्रो र दीर्घकालीन काम गरेको बताउँदै आगामी निर्वाचनमा एमालेले अरुलाई पछाडि पार्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-