काठमाडौं । आज बसेको सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमालेले लामो समयदेखि अवरोध जारी राखेको संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको समिति बैठकले संसद लामो समय अवरुद्ध हुनु राम्रो र उचित नभएको निष्कर्ष निकाल्दै संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको हो ।
सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदलाई विना अवरोध सञ्चालन गर्न सरकारको जत्तिकै भूमिका प्रतिपक्षको पनि भएको बताए ।
साथै उनले बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सात वटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय भएको पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-