काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदच्युत हुनुपरेको पीडा खप्न नसकेपछि भुक्दै हिँडेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले ओलीले राम्रो केही काम नगरेको उल्लेख गर्दै उनले ओलीको कुरामा विश्वास नगर्न समेत अपील गरे ।
ओलीले आफ्नो दलमा रहेका सबै नेतालाई अनादर गरेको र उनको अनाबश्यक पेलाइ सहन नगरेर आफूहरुले अलग पार्टी बनाएको उनको दावी गरे। ‘अहिले तपाईंहरुलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि। महन्थ ठाकुर प्यारा छन्। विदेशीहरु प्यारा छन्। तर आफ्नै पार्टीका कार्यकर्ताहरु, जसले उनलाई ‘बा’ भन्दैनन्, जसले उसलाई पुज्दैनन्, जसले उनको भजन गाउँदैनन् । विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरुको जुलुस त्यहाँ पुग्ने गर्दछ। तर बालुवाटारबाट बिदा हुने बेलामा त्यहाँ कोही जाँदैनन्। तर केपी बाको तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुसजस्तै। बालकोट पुग्यो। बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे। त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको। पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ। कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ। तपाईंहरुमध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ’ उनले भने ।
अध्यक्ष नेपालले ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको टिप्पणीसमेत गरे।
‘दुईटा पार्टीहरु मिल्ने भए–एमाले र माओवादी। देशका मुख्य वाम घटकका नेताहरु एक ठाउँमा आउने भए। किनभने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि हामीले नै भूमिका खेलेका थियौँ। मै हुँ त्यो महत्वपूर्ण भूमिका खेल्ने मान्छे। लखनउदेखि लिएर सिलिगुढीसम्म पुग्ने मान्छे। रोल्पा पुर्याउने कुराकानी गर्नका लागि, गिरिजाप्रसाद कोइरालालाई। दिल्लीसँगै लिएर गएर वार्ता र सहमति गराउने मान्छे।
प्रतिक्रिया लेख्नुहोस्:-