काठमाडौं । सभापतिमा पराजित नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिले आफूलाई जे मन लाग्यो त्यही गर्न खोजे पार्टीले चुनावमा हार ब्यहोर्न सक्ने बताएका छन् । शनिबार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विजयी भएपछि सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण नबनेको बताए ।
सभापति यसरी नै आफूखुसी हिँड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न नसक्ने बताए । उनले भने, ‘अहिले भर्खर सुरुवात हो । जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनुपर्यो ,देखिनेगरी हुनुपर्यो, न्यायसंगत हुनुपर्यो ।’
‘उहाँले विधानलाई टेकेर हिँड्नुभएको छ तर जसरी नियुक्तिहरु गर्नुभएको छ । कार्य समितिमा ल्याउनु भएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चैं हामीले जान्न जरुरी छ । न्यायसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै । त्यस्तो भयो भने पार्टी दुर्घटनामा जान्छ । दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने ?’
प्रतिक्रिया लेख्नुहोस्:-