काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ।
प्रचण्डसँग भेटघाट भएको भोलिपल्टै कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।केही दिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ। दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि देउवा र प्रचण्डँगसँगै रहेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-