काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
उनले आज उच्च अदालत पाटनमा आयोजित समारोहमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-