काठमाडौं । सिन्धुपाल्चोक प्रतिनिधि सभा १ बाट निर्वाचित संघीय सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।
उनले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारी संस्थाको कार्यक्रमलाई सम्बोधन गर्दै सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने विश्वास व्यक्त गरे।
‘तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई म धोका दिने छैन,’ उनले भने। नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहकोतर्फ इंगित गर्दै उनले सबै मिलेमा मात्रै विकास र प्रगति सम्भव रहेको बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।
प्रतिक्रिया लेख्नुहोस्:-