काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्ने कुनै योजना नभएको बताएका छन् ।
काठमाडौंमा सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कोरोना संक्रमण नियन्त्रणका लागि फेरि लकडाउन नहुने बताएका हुन् ।
उनले थला परेको अर्थतन्त्र भर्खरै चलायमान हुन थालेकाले अन्य उपाय अवलम्बन गर्नुपर्ने बताए ।
‘कोरोना महामारीका कारण धेरै समस्या भएको हो,’ अर्थमन्त्री शर्माले भने, ‘अहिले फेरि लकडाउन हुने हो कि भन्ने आशंका गरिएको छ, त्यो बाटो अब हिँड्नु हुँदैन ।’
प्रतिक्रिया लेख्नुहोस्:-