काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यो पाँचदलीय गठबन्धन सरकार चुनावप्रति उदासीन भएको आरोप लगाएका छन् । संखुवासभामा सोमबार एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष उनले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि त्यसका लागि कुनै तयारी नगरेको बताएका हुन् ।
अध्यक्ष ओलीले कानून अनुसार स्थानीय तहको निर्वाचन फागुनमा हुनुपर्ने भए पनि त्यो समयमा चुनाव हुने सम्भावना आफूले देखेको जनाए । ‘यो सरकारले स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने र कर्मचारीबाट चलाउने षड्यन्त्र गर्दैछ,’ उनले भने ।
अध्यक्ष ओलीले सरकार स्थानीय तहको निर्वाचन नगरेर कर्मचारीलाई पहिलेजस्तै स्थानीय तह चलाउन दिन खोजिरहेको दाबी गरे । उनले स्थानीय तहको जिम्मा कर्मचारीलाई दिएर जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्र भइरहेकोसमेत आरोप लगाए ।
प्रतिक्रिया लेख्नुहोस्:-