काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी रचनात्मक प्रतिपक्षीको भूमिकामा बस्न बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन् । उनले भने, ‘नेपाली कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने छैन । हामी प्रतिपक्षी भूमिकामा बस्ने छौं ।’ यद्यपि, उनले सरकारलाई विश्वासको मत भने दिने बताए ।
देउवाले गुण र दोषका आधारमा सरकारको मूल्यांकन गर्ने बताए । उनले संसदमा सशक्त विपक्ष नहुँदा नियन्त्रण र सन्तुलन कमजोर हुने भएकाले कांग्रेस रचनात्मक विपक्षीको भूमिकामा रहने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-