काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयनमा आफूले कुनै पनि बिभेद नगरेको बताएका छन् ।
बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको बताए।
मनोयनका बिषयमा केही भ्रम भएको भन्दै उनले आफुले बिधान अनुरुप समावेशीतालाई पूर्णता दिने बताए । उनले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने उल्लेख गरे ।
त्यस्तै लिङ्देनले राजसंस्था, हिन्दुराष्ट्रको मुद्दा संगसंगै मुलुकको अन्य मुद्दालाई स्थापित गर्न सदन र सडकमार्फत संघर्ष गर्ने बताए। अध्यक्ष पराजित भएका कमल थापाले केन्द्रीय सदस्य मनोनयनमा अध्यक्ष एकलौटी गरेको आरोप लगाउँदै आफूले त्यसलाई स्वीकार नगर्ने बताएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-