काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख पार्टीका शीर्ष नेतृत्वसँग सामुहिक भेटघाट गरेका छन् । उनले शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग भेटघाट गरेका हुन् । उनले मुलुकका देखापरेका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न उनीहरुको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज शीतलनिवासमा संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-