भर्जिनिया । अमेरिका बस्दै आएकी एक पूर्व छात्राले सिन्धुपालचाेककाे एक विद्यालयमा अक्षयकाेष स्थापनार्थ एक लाख ११ हजारएकसय ११ रूपैया सहयाेग गरेकी छिन् ।
विद्यालयको ७१ औ वार्षिक उत्सवकाे अवसरमा गत शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिका ५ की रञ्जुलुईटेलले आफुले अध्ययन गरेको सिन्धु पुरानागाॅउ उच्च माविलाई सहयोग गरेकी हुन् ।
अक्षयकोषका लागि रञ्जुले आफ्ना बुबा भूमिराज लुईटेल मार्फत विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद खतिवडालाई सहयोगहस्तान्तरण गरिन् ।
आफुले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउदा खुसी लागेको बताउदै रन्जुले हालको सहयोगबाट सकारात्मक परिणामआएमा भविश्यमा पनि थप सहयोग गर्ने बताईन् । रन्जु हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी छिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-