काठमाडौं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमजनताको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
पछिल्ला केही दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढेको अवस्थामा उनले सरकारले आवश्यक तयारी गरेको बताएका हुन्। । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको उनले बताए ।
‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ,’ उनले भनेका छन्, ‘खोप अभियान तीब्र गतिमा अगाडि बढेको छ।’ उनले सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनसमेत आग्रह गरेका छन्।
कोरोना संक्रमण तीब्र गतिमा बढेसँगै सरकारको काम कारबाही सन्तोषजनक नभएको ब्यापक चर्चा भइरहेको बेला सरकारका प्रवक्तासमेत उनको भनाइपछि सरकारले थप तदारुकता साथ काम गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-