काठमाडौं । सेवा अवधि थोरै मात्र बाँकी रहेका डा. गुणराज लोहनीलाई आर्थिक चलखेलका आधारमा मन्त्रीले वीर अस्पतालको कोभिड युनिफाइड अस्पतालको प्रमुखमा पठाएको भन्दै कर्मचारीले प्रवेश नदिने भनेर आन्दोलन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप गरेर उनको सरुवा रोकेका छन् । स्वास्थ्यमन्त्री विरोध खतिवडाले उनलाई सरुवा गरेका थिए ।
१२ औं तहका विशिष्ठ श्रेणीका अधिकृतको सरुवा गर्दा तालुकदार मन्त्रीले प्रधानमन्त्रीलाई सल्लाह नै नगरी एकलौटी गरेको भन्दै कांग्रेसका वरिष्ठ नेताहरुले समेत देउवाको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीको आदेशमा लोहनीको सरुवा रोकिएको हो ।
लोहनीलाई वीर अस्पतालको प्रमुखमा सरुवा गरिएपछि कर्मचारीले प्रवेश निषेध गर्ने भन्दै आन्दोलन थालेका थिए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री देउवासँग आपत्ति जनाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच समेत यस विषयमा कुरा भएको स्रोतले जनाएको छ । हाल निमित्त प्रमुखको रुपमा रहेका डा. भूपेन्द्र बस्नेत नेपाली कांग्रेस समर्थक रहेको स्वास्थ्यमन्त्रीले आफ्नो मान्छे पठाएपछि कांग्रेसका सबै नेता यसलाई रोक्न लागेको बुझिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-