काठमाडौं । सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रको आगामी फागुनमा विधान अधिवेशन गर्ने भएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनले विधान अधिवेशन आगामी फागुन १,२ र ३ गते गर्ने निर्णय भएको बताए ।
शनिबारको बैठकमा पार्टीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए। प्रदेश इन्चार्जहरूको रिपोर्ट सुनेपछि अध्यक्ष प्रचण्डले त्यसको संश्लेषण समेत सुनाएको प्रवक्ता सापकोटाले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-