काठमाडौं । मिडिया अवार्डको विषयलाई लिएर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरूले आज (शुक्रबार) कपिलवस्तुमा सुरु भएको महासंघको बैठक बहिष्कार गरेका छन्।
बैठक प्रारम्भ हुनेबित्तिकै केन्द्रीय सदस्यहरूले महासंघका अध्यक्ष विपुल पोखरेल मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेको आरोप लगाउँदै केन्द्रीय समिति बैठक बहिष्कार गरेका हुन्।
महासंघका केन्द्रीय सदस्यहरूले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रमलाई मान्यता दिएको घटना छानबिन हुनुपर्ने माग गरेका छन्।
केन्द्रीय सदस्यहरूले बैठक बहिष्कार गरेपछि सहमतिका लागि अहिले पदाधिकारीहरूबीच छलफल भइरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-