काठमाडौं । सञ्चालक र विद्यार्थीबीच विवाद उत्पन्न भएपछि विगत केही दिनदेखि बन्द रहेका निजी मेडिकल कलेज खुलाउने विषयमा सरकार र कलेज प्रशासनबीच अहिले वार्ता भइरहेको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री र कलेज प्रशासनबीच छलफल चलिरहेको हो ।
वार्तामा निजी मेडिकल कलेजले विगत केही महिनादेखि विद्यार्थीहरूसँग लिइरहेका चर्को शुल्कका विषयमा छलफल भइरहेको बताइएको छ । विगत केही महिनादेखि नेपाल मेडिकल कलेज लगायतले विद्यार्थीहरूबाट चर्को शुल्क उठाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् ।
वार्तामा शिक्षामन्त्रीसहित शिक्षा राज्यमन्त्री, शिक्षा सचिव, कलेज प्रशासनका प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, अभिभावक र उपत्यकाका तिनै जिल्लाका प्रमुखहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-