काठमाडौं । आज बिहान भएको विमान दुर्घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन्। आइतबार पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको हो।
जारी विज्ञप्तिमा पूर्वराजा शाह आइतबार पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको उल्लेख छ।
साथै उनले विमान दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-