काठमाडौं । माघी मनाउन काठमाडौंको टुँडिखेल जम्मा भएकाहरुबीच ठेलाठेल हुँदा ८ जना घाइते भएका छन् ।
भीड अनियन्त्रित हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।
थारु समुदाय नयाँ वर्षका रुपमा माघी पर्वलाई धुमधामका साथ स्नान, दान एवं खानपिन र रमाइलो गरेर मनाउँछन् । माघी पर्व मनाउन टुँडिखेलमा सर्वसाधारणको संख्या निरन्तर बढिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-